•  

    उर्लाबारी । क्यान्सर रोग पीडित मोरङको उर्लाबारी–६ की २७ बर्षीया विमला सुब्बाको उपचारका लागि १ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ ।
    बिमला सुब्बा बचाउ अभियानले घरदैलो कार्यक्रम गरेर उक्त रकम संकलन गरेको हो । हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी बिमलाको उपचारमा आर्थिक अभाब भएपछि सहयोग समिति बनेको थियो । सबैतिर हारगुहार गरेर बहिनीको उपचारमा ५ लाख खर्च गरिसकेका दीलबहादुरले बताए ।

    उनका अनुसार अस्पतालले विमलाको उपचारमा अझै २० लाख खर्च हुने जनाएको छ । दीलबहादुरले बहिनी विमलाको जीवन रक्षाका लागि सबैमा आग्रह गरेका छन् । भन्छन्,‘मनकारी दाजुभाई दिदी वहिनीहरु संग सहयोगको हात थापेको छु, तपाईहरुको गुन म विर्सने छैन ।’ पाठेघरको क्यान्सरसंग जुधिरहेकी विमला सुब्बालाई सहयोग गर्न चाहनु हुनेले ९८०७३७७५२४ र ९८२८७५५३७७ को मोवाइल नम्बरमा सम्पर्क गरिदिनु हुन दिलबहादुर अपिल गरेका छन् ।
    त्यस्तै, अभियानका अनिकेत कार्कीले  पनि सबैलाई सहयोगका लागि अपिल गरेका छन् । घरदैलो अभियानबाट हालसम्म १ लाख ३५ हजार रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…