• काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने तीब्र विवादबीच सत्तासीन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख निर्वाचनबारे शुक्रबार सौहाद्रपूर्ण छलफल भएको छ। कांग्रेससँग सत्य निरूपणबारेको छलफलपछि दुई अध्यक्षबीच बालुवाटारमा सभामुख निर्वाचनबारे छलफल भएको हो।

    पूर्वमाओवादी कि पूर्वएमालेबाट सभामुख उम्मेदवार बनाउने भन्नेमा नेकपाभित्र तीब्र विवाद छ। पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा केही दिनअघि बसेको सचिवालय बैठकले सभामुख निर्वाचनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको थियो। आफूलाई सभामुख उम्मेदवार बनाए मात्र राजीनामा दिने उपसभामुख तुम्बाहाङफेको अडानपछि पार्टीभित्र तीब्र विवाद सिर्जना भएको थियो।

    विगतमा पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले अहिले पनि पूर्वमाओवादीबाटै सभामुख बन्नुपर्ने पक्षमा दाहाल छन् भने पार्टी एकता भइसकेकाले भागबण्डा गर्न नहुने धारणा अर्का अध्यक्ष ओलीले राख्दै आएका छन्। ‘दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अन्नपूर्णसँग भने, ‘सभामुख उम्मेदवार भने टुंगो लागेको छैन।’

    संसद्मा झण्डै दुई तिहाई बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार चयन नगर्दा संसद् बैठक एक महिनादेखि बन्धक बनेको छ। पुस ४ बाट सुरु भएको बैठक पटकपटक सूचना टाँसेर माघ ६ गतेलाई तोकिएको छ। ‘६ गतेको बैठक नसर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको छ’, थापाले भने, ‘६ गते सभामुख निर्वाचनको मिति तोकिन्छ होला।’ दुई अध्यक्षबीच शनिबार पनि छलफल हुने थापाले बताए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेेकाे छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…