• काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएकी महिला प्रहरी माथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ । प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा लोकप्रीय गायिका राउतमाथि कारबाही हुने भएको हो ।

    बुधबार विमानस्थलमा सिक्कीम टुरका क्रममा भद्रपुर जाने क्रममा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउत माथि कारबाही गर्ने भएको छ ।

    विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ ।

    प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने छ ।

    प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रतिवेदन थप अध्ययनसमेत गरेर गायिका राउतलाई कानुनी दायरमा ल्याउने जानकारी दिए । उनका अनुसार प्रहरी जवान श्रेष्ठको दाबी पुगे गायिका राउतमाथि अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढ्नेछ ।

    राउतले भिडियोमा प्रहरीले आफु माथि दुर्व्यहार गरेको आरोप लगाएपनि उनले अहिलेसम्म कानुनी रूपमा प्रहरीमा कुनै उजुरी गरेकी छैनन् । श्रेष्ठले ड्युटीका बखत गल्ती गरेको भए उनीमाथि पनि आचरण–व्यवहारमा कारबाही हुने छ ।

    प्रहरीले सो घटनालाई लिएर गायिका राउतले बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ । महानगरीय कार्यालयका अनुसार सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसूरमा अनुसन्धान गरिने छ । भिडिओमा प्रहरीमाथि अभद्र शब्द प्रयोग गरी गालीगलौज गरीएकोले साइबर अपराध आकर्षित हुने प्रहरीको भनाई छ ।

    यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय गराउन सक्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…