• काठमाडौं । आम मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर मनाउछन् । बिरलै मात्र आफ्नो जन्मदिनमा सामाजिक काम गर्ने व्यक्तिहरु पनि समाजमा भेटिन्छन् । हो, यस्तै समाजप्रति केहि गरौं भन्ने भावनाले भरिएकी ब्यक्तित्व हुन,अस्मि महर्जन ।



    जो सामाजिक काम भनेपछि मरिमेट्ने गर्छिन् । जन्मदिनमा हुने फजुल खर्च कटाएर काठमाडौ चन्द्रागिरीकी मर्हजनले ललितपुरको  साङ्ग्रीला अर्फानेज होमका ४८ जना वालवालिकालाई सहयोग गरेकी छिन् । पछिल्लो समय जन्मदिनको नाममा मोजमस्ती फजुल खर्च गर्ने मानसिकतालाई तोड्दै अस्मिले त्यहा आश्रित बालबालिकालाई बिहानको खाना तथा सबै वालवालिकालाई न्यानो टोपी हस्तान्तरण गरिन् ।


    ‘आज मेरो जन्मदिनको खुशी तपाईहरुसँग साटासाट गर्न चाहान्छु,वालवालिकालाई केक काटेर खुवाउदैं अस्मिले भनिन्,‘ मलाई तपाईहरुसँग बर्थ डे सेलिब्रेट गर्न पाउँदा औधी खुसी लागेको छ ।’ ब्युटिसियन समेत रहेकी अस्मिले समाजसेवा गर्दा आत्मिक शान्ति मिल्ने बताईन् ।

    ‘अन्य ब्यक्तिहरुले जन्मदिनहरुमा बिभिन्न भोज भतेर गरी पैसा अनुत्पादक क्षेत्र खर्च गरेका देख्दा आफुले भने सो खर्चलाइ केही सामाजिक क्षेत्रमा खर्च गर्ने मनसाय बनाएको र सोहि अनुरुप सामाजिक काम गरेर जन्मदिन मनाएको हुँ,अस्मिले भनिन् ।
    बालबालिकालाई सहयोग गर्न पाउँदा निक्कै खुशी लागेको अस्मिले बताईन् । ‘साथीभाईसँग जन्मदिन मनाएको भए एक दिन दुई दिन खुशी हुन्थे होला, तर आजको कामले म बर्षौ खुशी हुन्छु,अस्मिले भनिन्, किनकी मैले बालबालिकाको मुहार खुशी पाएको छु । उनले यस्ता कार्यलाई निरन्तरता दिने बताईन् । सोहि अबसरमा अस्मिलाई वालवालिकाहरुले जन्मदिनको शुभकामना दिएका थिए ।


    कार्यक्रममा मोडल स्वस्तिका योन्जनको पनि उपस्थिती रहेको थियो ।
    ब्युटिसियन नेपाल २०१७’ मा सेकेन्ड रनर अप समेत भएकी अस्मिता महर्जन बेष्ट मेहेन्दी आर्ट उत्कृष्ट ठहरिएकी थिइन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…