• चितवन। प्रेस संगठनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ।

    दाताज इभेन्टले भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रीकालिन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियुका नेता हरी आचार्यले आक्रमण गरेका हुन ।

    तैले सधैं किन नेकपाका अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको मात्र समाचार हाइलाइट गर्छस भन्दै हरी आचार्यले एक्कासी आफुमाथि आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले वताए। हरीले आक्रमण गर्दा पत्रकार आचार्यको गालामा चोट लागेको न्युज २४ का पत्रकार सुरेन कुँवरले वताए।

    घटना लगत्तै चितवन प्रहरी घटनास्थलमा पुगेको थियो भने आक्रमणकारी आचार्य भागेका थिए। राजेन्द्रमाथि आक्रमण हुँदा सप्तगण्डकी क्याम्पस प्रमुख मणीराज महतो र अन्य बिद्यार्थी संगठनका नेताहरुको पनि त्यहाँ उपस्थिती रहेको थियो ।

    नेकपामा पूर्व एमाले निकट रहेका हरीले पूर्व माओवादी एवं प्रचण्ड निकट पत्रकार मानिने राजेन्द्रमाथि आक्रमण गरेपछि चितवनमा ओली र प्रचण्ड पक्षको लडाईं कार्यकर्ता हुँदै पत्रकारसम्म आइपुगेको सहभागी एक पत्रकारले वताए।

    कार्यक्रममा नेकपा निकट अन्य पत्रकारहरुको पनि सहभागिता रहेको थियो। प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्ने आश्वासन दिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…