• बुटवल । बुटवलको मैनाबगरबाट चोरी भएको एम्बुलेन्स पाल्पाको तिनाउ गाउँपालिका नुवाकोट जंगलमा फेला परेको छ । मैनाबगरस्थित नव दुर्गा अटोमोबाइल्समा मर्मतका लागि राखिएको लु १ च ९४२० नम्बरको एम्बुलेन्स माघ १ गते राति चोरी भएको थियो ।

    इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले खोजतलासका क्रममा नुवाकोटको जंगलमा एम्बुलेन्स फेला पारेको हो ।

    एम्बुलेन्स फेला परेपनि चोरीमा संलग्न व्यक्तिहरु फेला नपरेका र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । चोरी भएको एम्बुलेन्स रुपन्देहीको कञ्चन गाउँपालिकास्थित सुनौलो शान्ति क्लबको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…