• गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउतले गरेको ‘अभद्र व्यवहार’ को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो । सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो ।

    महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ । सोहि जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा आज पुग्दैछ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाहीको हुने काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…