• पुष्कर खड्का रामेछाप /

    दोलखा - दोलखाको मेलुङ गाउँपालिकाले पालिका भित्ररहेका प्रत्यक बजार क्षेत्रमा सार्वजनिक शौचलय निर्माण गर्ने भएको छ ।

    मेलुङ गाउँपालिकाका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको हुँदा गाउँपालिकालाई पुर्ण सरसफाइयुक्त बजार बनाउनका लागि बजार क्षेत्रहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो ।

    गाउँपालिकाले पालिकाको विशेष बजार लाग्ने स्थानमा बढी मात्रमा मानिसको चहलपहल हुने र खुल्ला ठाउँमा दिसापिसाब गर्दा विभिन्न रोग फैलन भएकाले गाउँपालिकाले सावैजनिक शौचालय निर्माण गर्ने भएकोे गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष हिरा कुमार थोकरले जानकारी दिनुभयो ।

    मेलुङ गाउँपालिका यस अघि नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेकाले अब पालिकाको मुख्य मुख्य बजार क्षेत्रलाई सरसफाई राख्ने उद्धेश्यले सावैजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिइएको प्रवक्ता थोकरले बताउनुभयो ।गाउँपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक सबै बजेटको व्यवस्थापन गर्ने भएको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षबाटै सार्वजनिक शौचालय सञ्चालनमा आउने गरी निर्माण सुरु गर्ने पनि प्रवक्ता थोकरले बताउनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…