हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे ।
प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो ।हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा हेरिएको छ ।
क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा शव भेटिएको थियो । निलहिरा समाजमा समेत आबद्ध रहेर अभियानमा संलग्न रहेकी उनको हत्याको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको अनुसन्धानमा संलग्न प्रहरीको भनाई रहेको छ ।उनको शबको प्रकृति हेर्दा घाँटीमा तार या डोरीले कसेको जस्तो देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ ।