•  

    पुष्कर खड्का /

    रामेछाप – रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ धोबि बजार नजिकै रहेको खराङखुरूङ सामुदायिक बनको बिचमा ऐतिहासिक तथा पुरात्वविक गुफा फेला परेको छ ।

    सामुदायिक बनको बिचमा धेरै बर्ष पहिला देखि गुफा छ भन्ने सुन्दै आएता पनि कसैले सो गुफा भित्र जाने कोसिस गरेका थिएनन् ।नवसन्देस युवा समूहले धेरै बर्ष अघि देखि हल्ला सुनेको तर कसैले त्यस ठाउमा पसेर अवलोकन नगरेको थाहा पाएपछी उतm समुहको युबा हरुले पहिलो पटक गुफाको अवलोकन गरेको हो ।

    अहिले गुफाको प्रचार प्रसार र संरक्षनमा युबाहरु लागी परेको छ । गुफा भित्र विभिन्न देवता का मुर्ति आकारको शिलाहरु समेत देखिएका छन ।गुफामा बाख्रा चराउन जाने ब्याक्तिहरुले आफुले बोक्न सक्ने ढुंगा खसाउने गरेको र ढुंगा खसाल्दा ५ मिनेट सम्म तामाको भाडा बज्ने गरेको तर आफुहरुले त्यस गुफा भित्र पसेर नहेरेको स्थानिय भुपेन्द्र खड्काले बताए ।

    आउदै गरेको शिबरात्रीका दिन विशेष पुजापाठ गरि पर्यटक भित्र्याउने उद्देश्यका साथ नव सन्देशका युवा समुह लागी परेकोले आफुपनी त्यसमा वडा बाट सक्दो सहयोग गर्ने वडा नम्बर ५ को वडा अध्यक्ष सोम बहादुर तमाङले जानकारी दिए । वडा अध्यक्ष तमाङ्गले सरोकार निकाए लगायत सम्पुर्ण नेपाली हरुलाइ एक पटकगुफाको अवलोकन गर्न र प्रचार प्रसारमा लाग्न समेत आग्रह गर्नु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…