चितवन । 4 माघ ०७६, अखिल नेपाल निर्माण मजदुर संघले धुर्मुश(सुन्तली फाउन्डेसनको संयोजनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एकदिने श्रमदान र आर्थिक सहयोग हस्तान्तरण गरेकोे छ ।
संघका महासचिव रमेश सि।के।को नेतृत्वमा गएको टोलीले शुक्रबार चितवनस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एकदिने श्रमदानसहित नगद रु। १० हजार सहयोग गरेको हो ।
एकदिने श्रमदानमा महासचिव, रमेश सिके, गण्डकी प्रदेश संयोजक, बिजु थापा मगर, केन्द्रिय महिला कमिटी सहसचिव जमुना शेर्पा, केन्द्रिय सदस्य दल बहादुर राई, इश्वर कुमार सापकोटा, नगर कमिटी संयोजक बाबुराम बि। क।, सदस्यहरू दिल बहादुर आले मगर, राम बहादुर बि।क।, डिल बहादुर गुरुङ, राजु नेपाली, लाल शोभा गुरुङ, चुम बहादुर सि के, राधिका सि के, हेम बहादुर जोगी र सुर्य बि।क।को सहभागिता रहेको थियोे ।