सोलुखुम्बु । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको छ । तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथाले पछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रु ग्याँससमेत हानेको छ ।
कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट आएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि अवस्था तनावग्रस्त बन्न पुगेको थियो । स्थिति तनावग्रस्त बन्न पुगेपछि नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको जनाएको छ ।
एक जनालाई गोली लागेको स्थानीयबासीले दावी गरेपनि प्रहरीले पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२/१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।
तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।