• सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र गलत काम गर्दा सडकदेखि सदनसम्म खबरदारी गर्ने दायित्व प्रतिपक्षी दलको हो । तर, नेपाली काङग्रेस प्रतिपक्षी दलको भूमिकामा इतिहासमै कमजोर भुत्ते सावित भएको छ । आन्तरिक विवादले गाँजिएपछि काङग्रेस सबै किसिमका भूमिकामा कमजोर र प्रभावहीन देखिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवालाई घु¥क्याएर हिँडेका काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द पौडेल भारतमा गएर राजनीतिक भेटवार्ता गरिरहेका छन् । आन्तरिक विवाद सतहमा आएर नेता कार्यकर्ता मत विभाजित अवस्थामा पुग्दा नेता पौडेल भने भारतीय नेताको दैलोमा परामर्शका लागि घुम्दैछन् । यस्तो बेलामा नेता पौडेल भारतीय नेताहरुसँग राजनीतिक भेटवार्तामा सामेल हुनुलाई काङग्रेसी नेताहरुले राम्रो मानेका छैनन् ।

    उपचारका लागि गएको भनिए पनि नेता पौडेलको मनसाय भारतीय नेतासँग परामर्श गर्नु रहेको देखिएको छ । स्वास्थ्योपचारको लागि भारत गएका भनिएका नेता पौडेलले भारतका प्रभावशाली नेताहरुसँग राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । बरिष्ठ नेता पौडेलले भारत पुग्नेबित्तिकै सबैभन्दा पहिले भाजपाका पूर्व अध्यक्ष तथा वर्तमान रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । भारतको नयाँ दिल्लीमा भएको उक्त भेटवार्तालाई पौडेलको सचिवालयले सार्वजनिक गरेको थियो ।

    यता सरकारका गलत कामको खबरदारी गर्न काङ्ग्रेसले बनाएको छायाँ सरकार आफैँ छायाँमा छ । प्रत्येक मन्त्रालयमा काङ्ग्रेसले छायाँमन्त्री बनाएको थियो । पाँच महिना लगाएर गठन गरेको ५८ सदस्यीय जम्बो छायाँ सरकार जिम्मेवारी बहनमा भने निष्प्रभावी भएको छ । २१ संयोजकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संयोजक डा. डिला संग्रौलाले मात्र मन्त्रीलाई भेट्ने, गर्दै आएकी छन् । उनले वैदेशिक रोजगारी, सामाजिक सुरक्षाका विषयलाई लिएर श्वेतपत्र जारी गर्न ज्ञापनपत्र बुझाएकी छिन् । अरु सबै छायाँमन्त्री छायाँमा परेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…