• काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीलाई अपशब्द बोलेकी गायिका आस्था राउतका विषयमा सेलिब्रेटीले समेत मुख खोल्न थालेका छन् ।

    १ गते सिक्कीम जानेक्रममा भद्रपुर विमानस्थलका लागि उड्न लागेकी गायिका आस्थाले सेक्युरिटी जाँचका क्रममा महिला प्रहरी जवानलाई अपशब्द बोलेको विषयमा गायक राजेश पायल राई तथा कलाकार तथा निर्माता दीपकराज गिरीले समेत माफि माग्न सल्लाह दिएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै गायक राजेश पायल राईले भारतीय नायक शाहरुख खानले कट्टुमै चेक गरेको बताउँदै गायिका आस्थाले आफ्नो मर्यादा आफैं कायम राख्नुपर्ने सल्लाह दिएका छन् ।

    उनले एयरपोर्टमा चेकिङ गर्ने प्रहरीको अधिकार भएको बताउँदै कलाकारले आफ्नो इज्जत आफैं जोगाउनु पर्ने बताएका छन् । ‘माया लिनेले घृणा पनि सहन सक्नुपर्छ ।’ राईले थप भनेका छन्‘ तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार, धेरै रुञ्चि नबन अब तिमी ठुली भइसक्यौ ।’ उनले आस्थालाई सम्झाएका छन् । साथै गायक राईले आस्था एयरपोर्टमा खटिने कर्मचारी दुवै सुध्रन जरुरी रहेको बताएका छन् ।

    यसैगरी कलाकार दीपक राज गिरीले पनि आस्था राउतलाई महिला प्रहरी समक्ष माफि माग्न सुझाएका छन् । उनले लामो स्टाटस लेख्दै आस्थाले फेसवुक लाइभमा बोलेका शब्दहरुले गल्ती भएको बताएका छन् ।

    कलाकारहरु सेतो कपडा रहेको भन्दै कलाकार गिरीले सेलिब्रेटिजले गल्ती नगरेपनि समाचार बाहिर आएपछि गल्ती सेलिब्रेटिजकै देखिने भएकोले सहनुपर्ने सुझाब दिएका छन् । ‘तर हामी कलाकार वा सेलेब्रिटीजको गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ... सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ ...’ उनले भनेका छन् ।

    माघ १ गते सिक्कीमको एक कार्यक्रमका लागि भद्रपुर जानेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरीसँग गायिका आस्था राउतको भनाभन भएको थियो । त्यहि विषयलाई लिएर गायिका राउतले भद्रपुर विमानस्थलबाट गाडीमा चढेपछि समग्र प्रहरी प्रशासनलाई नै अपशब्द प्रयोग गर्दै १० मिनेट बढि लाइभ गरेकी थिइन् ।

    लाखौं फ्यान फलोअर्स भएकी लोकप्रिय गायिकाले विमानस्थलको सुरक्षालाई लिएर महिला प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गरेकोमा सामाजिक सञ्जालमा भाइरल भयो । उनका धेरै फ्यानहरुले समेत आस्थाको अभिब्यक्तिलाई रुचाएनन् । आस्थाका विषयमा अन्य कलाकार तथा गायक गायिकाहरूले खासै बाेलेका छैनन् ।

    आस्थाको अभिब्यक्तिलाई प्रहरी प्रशासनले समेत अनुसन्धान गर्यो र ३ गते विमानस्थल भित्र भएको सिसिटिभी फुटेज नै निकालेर हेर्यो । उक्त भिडियोमा आस्था राउतले भने जस्तो दुर्व्यहार ती महिला प्रहरीबाट नभएको देखिएपनि झन सामाजिक सञ्जाल आस्था राउत विरुद्ध खनिएको छ । यसैविच ती प्रहरीले आस्था राउतका विरुद्ध प्रहरीमा निवेदन दिइन् ।

    त्यसपछि हिजो नै आस्था राउतले फेसवुकबाट उक्त लाइभ भिडियो डिलिट गरेर माफि मागेकी थिइन । प्रहरीले यस घटनामा गायिका आस्थालाई साइवरक्राइम अन्र्तगत मुद्दा चलाउन समेत सक्ने भएपछि आस्थालाई समस्या पर्ने देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…