• चितवन । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन्

     

    महासंघको सौराहामा शनिवार सम्पन्न पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले मकवानपुरका न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

    दुई वर्षे कार्यकालका लागि महासंघको बरिष्ठ उपाध्यक्षमा सुजिल श्रेष्ठ,प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ,द्धितिय उपाध्यक्षमा सहदेव अर्याल र तृतिय उपाध्यक्षमा मथुरा कुमार जोशी निर्वाचित भएका छन् ।

    महासंघको महासचिवमा ओम वहादुर वस्नेत,कोषाध्यक्षमा हरिकुमार राजभण्डारी,सचिवमा राजकुमार दाहाल,सहकोषाध्यक्षमा दिनेशकुमार अग्रवाल चयन भएका छन् ।

    आजिवन सदस्यमा ओमप्रकाश लोहीया,एसोसियट सदस्यमा अजय धिरईया र खिलानाथ फुयाँल तथा सदस्यहरुमा विरञ्जना घिमिरे, हरिकुमार शर्मा,अशोक कुँवर,खगेन्द्र खरेल,प्रेमवहादुर थापा,वद्री प्रसाद हुमागांई,कृष्ण प्रसाद अधिकारी चयन भएका निर्वाचन समिति सदस्य अधिवक्ता माधव मैनालीले जानकारी दिए ।

    नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले प्रमाणपत्र वितरण गर्नुका साथै सपथ ग्रहण गराएका छन् ।

    महासंघको २५ सदस्यीय कार्यसमिति रहने विधानमा उल्लेख रहेकोमा वाँकी सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष रामप्रसाद न्यौपानेले वताए । नेपालभर करिव २२ हजार फर्निचर तथा फर्निसिङ्ग व्यवसायी रहेका छन् । महासंघको ३० जिल्लामा संगठन विस्तार भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…