• मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै गएको जनाएको छ ।

    हाल, देशभरीको मौसममा आंशिक बदली भएको छ । देशको पूर्वी भूभाग, मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । र उपत्यका र तराईका केही स्थानहरमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो भने देशको पूर्वी भूभाग, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

    यसैगरी, राति देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेकछ र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…