काठमाडौं । काठमाडौंको तिनकुने शान्तिनगर र मिनभवन एरियामा प्राय दिनमा दुर्घटना नभएको दिनै छैन । आज विहाना सबेरै जनकपुरबाट काठमाडौ कुखुरा बोकेर आएको बा १६ च ८०६२ नंको गाडी जेब्राक्रसिङ्गमा बाटो काटिरहेको व्यक्तिलाई बचाउन खोज्दा दुर्घटना हुन पुगेको छ ।
उक्त गाडीमा ल्याएको ९० प्रतिशत कुखुरा मरेको अनुमान गरिएको छ भने कुनै मानविय क्षति भने भएको छैन । गाडी चालकलाइ केही चोट लागेको छ । उक्त गाडीलाई ट्रफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।