• इटहरी : प्रदेश एक सरकार गठन भएको दुई वर्ष बित्‍ना लाग्दा मन्त्रिमण्डल बिस्तार हुने भएको छ।

    प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ। प्रदेश १ मुख्यमन्त्री कार्यलयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ । नयाँ मन्त्री हुनेहरुमा पूर्व एमाले बाट ३ र पूर्व माओवादी केन्द्र बाट १ जनाको नाम चर्चामा छ।

    पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाकी जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व माओवादीकातर्फबाट मोरङका विजय विश्वास सामाजिक बिकास राज्यमन्त्री बन्‍ने भएका हुन्। यससँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ। अहिलेलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप्न लागेका हुन्। केही समयपछि दुई मन्त्री थप्ने तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…