माघ ५ पथरी ।
इलाका प्रहरी कार्यलय पथरीमा प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरि आए सँगै फरार सुचिमा रहेका प्रतिवादीहरु फटाफट पक्राउ पर्न थालेका छन ।
कानुन भन्दा माथी कोहि र केही छैन भन्ने अनुभुती गराउनु आफ्नो कर्तव्य भएको बताउने प्र.ना.उ गिरिले पछिल्लो समय मात्र २५ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कारागार चलान गरिएको जानकारी दिनु भयो ।
विगतका समयमा अदालतले सजाय सहितको फैसला सुनाएता पनि अदालतमा उपस्थित नभएका र फरार सुचिमा रहेका विभिन्न घटनामा संलग्न २५ जनालाई पक्राउ गरि सकिएको जानकारी गिरिले दिनुभयो ।
दोषीलाई छाड्न दबाब र प्रलोभन चाहिँ कत्तिको आउँछ भन्ने प्रश्नमा गिरि भन्नुहुन्छ,” अपराधीले उन्मुक्ति पाउनु हुदैन र निर्दोशले सजाय भोग्नु हुदैन । सेटिङको “स” पनि मेरो अगाडि चल्दैन ।
फरार प्रतिवादी पक्राउ गर्ने क्रममा नै गिरि नेतृत्वको इलाका प्रहरी कार्यलयले पछिल्लो समय १८ बर्ष अगाडीको बलात्कार घटनामा संलग्न भै अदालतले सजाय सुनाएका २ विनोद घिमिरे र हिरा मगर लाई पक्राउ गरि कारागार चलान गरेको छ ।
वि. सं २०५८ साल फाल्गुन १९ गते पथरी शनिश्चरे १० को जंगल क्षेत्रमा भोजपुर साम्पाङ कि २० बर्षिय युवतीको बलात्कार घटनामा दोषी ठहरिदै अदालतबाट सजाय फैसला भै फरार सुचिमा रहेका २ व्यक्तीलाई पथरी शनिश्चरेबाटै पक्राउ गरि जेल चलान गरेको हो ।
सो घटनामा संलग्न थप ३ जनाले तत्कालीन समयमा नै सजाय भोगिसकेका छन । अदालतले २०५९ साल माघ ४ गते सो घटनाका सम्पुर्ण दोषीहरुलाई ३ बर्ष कैद र आधा अंश पिडितलाई दिनुपर्ने भनी फैसला सुनाएको थियो ।
भोजपुरबाट दाजुको घर पथरी शनिश्चरे आएको समयमा उक्त युवती बलात्कारको सिकार बनेकी थिइन ।
१ महिना अगाडी ईलाका प्रहरी कार्यालय पथरीको नेत्तृत्व सम्हाल्न आउनु भएका डिएसपी दिलिप कुमार गिरीले नैतिकता गुमाएर कुनै पनि कार्य नगर्ने दावि गर्नु भएको छ ।
नेपाल प्रहरीमा रहेर आफुले देश र जनताको सेवामा खर्चेको १८ बर्षे ईतिहासमा अहिले सम्म विभिन्न क्षेत्रमा रहेर कार्य गर्दा कानुनको पालना गराउनु आफ्नो पहिलो दायित्व ठहर गर्दै आएको उहाँ बताउनु हुन्छ ।
पछिल्लो समय इप्रका पथरीले सवारी ज्यान, लागू ओैषध,बहु बिबाह, सार्वजनिक अपराध, जबर्जस्ती करणी ,चोरी लगायतका घटनामा सजाय सुनाइएका विभिन्न दोषिहरुलाई पक्राउ गरिएको जानकारी दिनु भयो। साथै यो क्रम नरोकिने उहाँको भनाई छ ।