• उर्लाबारी । मोरङको मिक्लाजुङ रमितेमा भर्खरै बम बिष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माण का लागि राखिएका ३ वटा स्कावेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन् । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन ।यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे आशंका गरिएको छ ।

    विष्फोट बाट भएको क्षतिको विस्तृत विवरण आइ सकेको छैन । मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले भरखरै घटनाबारे जानकारी लिएको बुझिएको छ । स्थानीयले घटनाका बारेमा सुचना दिए पनि केही बताउन चाहेका छैनन । उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन् ।

    फाईल तस्बिर

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…