• काठमाण्डाै – उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिनुु हुने भएको छ ।

    तुम्बाहाङ्फेले सभामुखलाई सम्बाेधन गरेर संसद सचिवालयमा राजीनामा बुझाउने तयारी गर्नुभएको संसद सचिवालय स्राेतले जनाएको छ ।

    उपसभामुखको राजीनामापछि आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने र उहाँले नै उपसभामुखको राजीनामा पढेर सुनाउने तयारी गरिएको सचिवालयले जनाएको हो ।

    आजको बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । सचिवालय स्राेतकाअनुसार माघ ८ गतेका लागि सभामुखको चुनाव हुने सम्भावना छ ।

    सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया आज सुरु नगर्ने भएको छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

    मुख्य विपक्षी दल काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने बारे निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…