झापा । नेपाल विद्यार्थी संघ त्रिभुवन मावि इकाई समिति पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ । जसबाट आगामी कार्यकालका लागि सभापतिमा अनिष भट्टराई चयन भएका छन् भने उपसभापतिमा प्रयास डुङजन र रिया कटुवाल, सचिवमा आसिष भट्टराई, सह सचिवमा कामना पोखरेल र नितेस लिम्बु, कोषाध्यक्षमा अप्सना गौतम तथा सदस्यहरुमा सञ्जु रिजाल, विनिता नेपाल, विकेश घिमिरे र अर्जुन मैनाली चयन भएका छन् ।
नेवि संघ त्रिभुवन माविकी निवर्तमान सभापति मुना ढुंगेलको सभापतित्व, जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेलको प्रमुख आतिथ्यता, नेवि संघ सीतारमेश क्याम्पस सभापति शेखर रिजालको विशेष आतिथ्यतामा सम्पन्न भएको पुर्न गठन कार्यक्रमको संचालन नेवि संघ बुद्धशान्तिका सचिव रोसन भट्टराईले गरेका थिए ।