• धरान । सुनसरीको धरान उपमहानगरपालिकाका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।

    क्यान्सरको उपचाररत उनको सोमबार दिउँसो करिब १ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मेयर राई विगत एक बर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । उनलाई क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेको थियो ।

    भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीमा आवद्ध थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…