बिराटनगर -
बिराटनगर -८ कि भारती उपाध्याय पाेखरेलसगँ परिचयका थुप्रै अायामहरु छन् । पत्रकार , राजनीतिज्ञ र समाजसेवामा उनको परिचय खाेज्न सकस नै पर्दैन । उनको रुचिको क्षेत्रमा सफलता प्राप्त गर्ने उनी सफल महिला मानिन्छन् ।
सम्पन्न स्थानीय तहको निर्वाचनमा बिराटनगर महानगरपालिका -८ मा सदस्य पदमा निर्वाचित भएसँगै उनले पत्रकारिता क्षेत्रबाट पदिय जिम्मेवारीबोधका कारण अलग रहनु पर्याे । तथापि उनका समसामयिक बिषयमा लेखिएका लेखहरु कान्तिपुर, नागरिक दैनिक लगायतका राष्ट्रिय पत्रिकामार्फत प्रकाशित भईरहेका छन् ।
अधिकांश स्थानीय तहमा बिजय प्राप्त गरेका उम्मेदवारहरू स्थानीय तहमा मात्र ब्यस्त भईरहदा भारती अन्य जनप्रतिनिधि भन्दा बढी नै ब्यस्त भेटिन्छन् ।
अम्बे मुरारी सेवा केन्द्र स्थापना गरेर भारतीले समाजसेवाकाे क्षेत्रमा अलग्गै पहिचान बनाएकी छन । सेवा केन्द्रबाट उनले बिराटनगर मात्र हाेइन समग्र जिल्लामै महिला उद्यम र चेतनाका पक्षमा काम गर्दै अाएकि छिन् । पाेखरेलकाे सकृयताले अरूलाई पनि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नका लागि लाग्न उत्प्रेरणा प्रदान गरेको छ ।
समाजमा रहेका समस्याको निदानमा उनका दैनिकी बित्छ ।‘ब्यस्तताले साेचमा ताजापन ल्याउछ, पाेखरेल भन्छिन् , ताजापनले सकृयता बढाउँछ ।"
राजनीति भनेको सकृयताकाे पर्याय हाे , सेवा हाे । समाजका विभिन्न तह र तप्काका जनप्रतिनिधिका हैसियतले पुग्दा त्यहाँ रहेका अशिक्षा, बेरोजगारी र अन्य समस्याहरुलाई सेवा केन्द्रका माध्यमबाट सेवाका रुपमा पूरा गर्ने गरेको उनको भनाइ छ । फेरि तिनै मन छाेएका घटानाहरुकाे टिपाेट लेखका रुपमा राष्ट्रिय दैनिकमा अाउछन, जसले समाजका बिम्बहरु बाेकेका हुन्छन् ।
‘मानवीय जीवन कर्म गर्नका निम्ति प्राप्त भएको हाे ।, समाजमा प्रभाव पार्न सक्ने प्रकारको कर्मले सन्तुष्टि दिलाउदाे रहेछ ।’ उनले भनिन् ।
पाेखरेलले जनप्रतिनिधिका रुपमा प्राप्त गरेको सेवा सुबिधा निजी प्रयोगमा उपयोग हुदैन । उनी कहिले बृद्धअाश्रमकाे सेवामा हुन्छिन् त कहिले दुःखीकाे उपचार र उद्धारमा । कहिले चिसो सिरेटाेबाट कापिरहेका शरिरमा न्यानाे कम्वलले ढाक्दै हुन्छिन् त कहिले स- साना नानीहरूलाई किताब कपि बाड्दै भेटिन्छिन ।
" मेराे जीवन यहीँ समाजबाट शुरु भयाे," भारती भन्छिन् ," पत्रकार, जनप्रतिनिधि वा समाजसेवी जे नाम भनेपनि मेरो जीवन यही समाजकाे उन्नतिका लागि खर्चिने छु।"