•  

    काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन आफूले अहिलेसम्म राजीनामा नदिई बसेको बताएकी छिन् । संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाङ्फले संविधानले नै प्रतिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी हुन् ।

    संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन्।राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन्। उनले भनिन्, ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन,संविधान थियो। व्यक्ति र संस्था संविधानपछिका हुन्। मलाई संविधानले नै यहाँसम्म पुर्‍याएको हो। आज पनि अगाडि बढेको भए नेकपासँग संविधानअनुसार महाभियोग लगाउने मात्र विकल्प थियो। मैले हटाउने भए महाभियोग लगाएर हटाउ पनि भनेकी थिएँ, तर हामी सबैले यसको सहज निकास निकाल्यौँ।’

    तुम्बाहाङ्फेले कसैको निर्देशनमा राजीनामा नदिएको पनि उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘मैले जे बोले त्यो पुर्‍याएँ। नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ।’

    उनले उपसभामुखबाट राजीनामा दिन दलले दिएको निर्देशन नमानेकै पनि बताइन्। उनले भनिन्, ‘मैले दलको निर्देशन नमानेकै हो। आग्रह भएको भए सोचिन्थ्यो। म दलको उपसभामुख थिइनँ। प्रतिनिधिसभाको थिएँ, दलीय व्यवस्थाअनुसार उपसभामुख निर्वाचित भएकाले दलसँग समन्वय र सहकार्य गरिरहेकी थिएँ।’

    आफूले दलीय स्वार्थबाट बाहिर रहेर जिम्मेवारी सम्हालेको बताउँदै उनले भनिन्, ‘दलको अर्डरबाट प्रतिनिधि सभालाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने लडाइँमा थिएँ। त्यसमा सफल भएकी छु। आजको दिनसम्म आइपुग्दा संविधानअनुसार चलेकी थिएँ। तर त्यसमा बाधाहरु पनि धेरै थिए।’

    आफूले राजीनमा दिएपछि प्रतिनिधिसभामा नयाँ नेतृत्व सुनिश्चित भएको पनि तुम्बाहाङ्फेले बताइन्। आजका दिनसम्म प्रतिनिधिसभालाई आफूले रिक्त रहन नदिएको उनले बताइन्।

    मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको पनि उनले टिप्पणी गरिन्, ‘नेपालमा पितृसत्ता एकदम बलियो छ। राजसंस्थालाई सहजै फालिदियौँ तर पितृसत्ता फाल्न बाँकी छ, गाह्रो पनि छ।’ कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…