बिराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोष्टको संयुक्तरूपमा उद्घाटन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा पनि बोलेका छन् ।
आफ्नो सम्बोधनको शुरूमा अभिवादनपश्चात मोदीले 'कस्तो छ ?' भने थिए ।
इन्टिग्रेटेड चेकपोष्टको भिडियो प्रविधिमार्फत् संयुक्तरूपमा उद्घाटन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले आजै नुवाकोट र गोरखामा पुनर्निमित घरहरूको पनि उद्घाटन् गरेका छन् ।