• माघ ७, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

    प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका आठ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

    ‘उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको बुझिएको छ,’ अस्पताललाई उद्धृत गर्दै प्रहरी स्रोतले जनायो । अन्य तीन जनालाई लिन पुन: हेलिकप्टर लिन गएको थियो । उनीहरूलाई अस्पताल ल्याउनसाथ मृत घोषणा गरिएको थियो।

    प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीको भनाइ छ ।

    नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए । सबैको नाम-ठेगानाको विवरण आइसकेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…