• रिक्त सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

    प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नआएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

    प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सेतोपाटीलाई दिएको जानकारीअनुसार नेकपाबाहेक अन्य दलबाट सभामुखका लागि उम्मेदवारी परेको छैन।

    मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो। सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ।

    सभामुखमा अग्निविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि भोटिङ नहुने भएको छ। अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन्।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…