• काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी भएकाले पुरुष महिला सबै बराबर हुन भन्ने वकालत गर्छ । तर, श्रीमानको मृत्यु भएमा श्रीमतिलाई सांसदको टिकट दिने बाहेक कार्यकारी पदमा महिलालाई नेकपाले अगाडि बढाएको देखिन्न । हल्ला गर्दा राष्ट्रपति बनाएकै छ ।

    शुशिला कार्कीलाई माहाअभियोगबाट बचाएकै हो भन्ने दावी नेकपा नेताहरुले गर्छन । तर, विद्यादेवी भण्डारी पार्टीभित्र चलाख भएकोले च्याँखे थापेर नेताहरुलाई थर्काएर राष्ट्रपति बनेकी हन् । शुशिलालाई प्रधानन्यायाधीश बनाएको नेकपाले होइन राजनीतिक लाभका लागि महाअभियोगमा कांग्रेसलाई असहयोग गरेको मात्र हो ।

    महिलालाई सम्मान गरेकाले गरेको होइन । अहिले कृष्ण बहादुर महरा पदमुक्त भएपछि सहजै रुपमा उपसभामुखलाई सभामुख बनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा अनुदार देखिएका छन् । यसको कारण सहजै भन्न सकिन्छ, अहिलेसम्म ओलीको पक्षमा कुनै पनि महिलाको नाम नै छैन ।

    ओलीको पक्षमा वकालत गर्दै आएका बिष्णु रिमाल, ऐजन पौडेल, महेश बस्नेत, प्रदिप ज्ञवाली, गोकुल बास्कोटा, भानुभक्त ढकाल पुरुष हुन विद्यादेवी भण्डारी एक जना बाहेक सवै ओलीपदमा पुगे पछि मात्र साइनो गासिएका महिला नेतृ छन् । मनस्थितीगत रुपमा ओलीको टोलीमा पुरुष मात्र बढी थिए ।

    ओलीले सभामुखमा ल्याउन चाहेका सुवास नेम्वाङ पनि त्यतिसारो खुलेर ओली पक्षीय नेता होइनन् । तैपनि अहिले ओलीले किन एक महिलालाई अवसर नदिएर नेम्वाङको पछि लागे त भन्ने कुराको खोजी गर्दा उनले सवैसंग राम्रै व्यवहार गर्न सक्ने क्षमता भएका मानिस हुन् ।

    अहिले उनको प्रशासनीक सामिप्यता ओली तिर भएपनि कहिल्यै केही उटपटांग ओलीवादी जसरी प्रचण्डलाई पनि अपहेलना गरेको सुनिएको छैन । यसैकारणले प्रचण्डले पनि उनी प्रति सदभाव राखेको कसैबाट लुकेको छैन ।

    शिवमायालाई सभामुख नबनाउँदा अब नेकपा संकट आउँदछ र त्यो दोष मात्र ओलीले लिनु पर्छ । किनकी पूर्वमाओवादी त समावेशीको मुद्धा ल्याएर महिलालाई राजनीतिक उचाईमा लगेकोले उसलाई दोष दिन नै मिलेन ।

    ओली महिलाप्रति कठोर हुन् वा नहुन् तर पछिल्ला दिनमा उनको व्यवहार त्यस्तै देखिएको छ । अन्यथा सभामुखको वीचमा बाहिरिएपछि महिला होस कि पुरुष उपसभामुखले नै सभामुख पाउनु पर्ने सोझो हिसाव हो ।

    यदि गठबबन्धनको सरकार भएर कुरा नमिले अर्कै कुरा हो अन्यथा आधा आकाशको चित्त बुझाउन पनि तुम्वाहाम्फेलाई लाई सभामुख दिनु पर्ने ।

    हुनतः प्रधानमन्त्रीलाई एमसिसि पास गराउने चिन्ता होला र नेम्वाङले कुनै तरिकाले यो पास गराइदेलान् । उनको आशा पनि पक्कै होला तर यहाँ स्पष्ट महिला र पुरुषको लडाँइ देखियो । यसले समाजलाई अनावश्यक रुपमा बाँड्ने काम भयो । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…