उर्लाबारी । बच्चा जिम्मा लिन अस्विकार गरेपछि एक किशोरी आमा बिचल्नीमा परेकी छन ।
सामाजिक सञ्जालबाट प्रेमजालमा पारेर गर्ववती बनाएका एक युवाले बच्चा जिम्मा लिन अस्विकार गरेपछि मोरंङ उर्लाबारीकी १६ बर्षिय किशोरी आमा बिचल्नीमा परेकी हुन ।
उर्लाबारीकी नगरपालिका ९ की १६ बर्षिया धिमाल थरकी किशोरीलाई सोही मोरङ बेलवारी ३ का १९ बर्षिया निशान धिमालले २०७५ साल चैतमा सामाजिक सञ्जाल मार्फत सम्पर्क बनाएर प्रेमिका बनाएका थिए ।
प्रेमजालमा पार्न सफल भएपछि निशानले भर्खर १६ बर्ष पुगेकी निशालाई ललाई फकाई श्रीमती बनाउने भन्दै पटक पटक यौन सम्पर्क गरे ।
यौन सम्बन्धले गर्भवती भएकी किशोरीले १ माघ ०७६ निशाले बच्चा जन्माइन । अचानक बच्च जन्माएपछि अभिभावक र गाउँलेहरु छक्क परे । किशोरी आमाले जन्माएको बच्चाको बाबु को हो भनेर सोधी खोजी गर्दा बेलबारी–३ का १९ बर्षीय निशान भएको खुल्यो । आफन्त तथा स्थानीयबासीहरु निशानकै घर पुगेर निशालाई जिम्मा लिन अनुरोध गरे । तर, निशानले आफ्नो बच्चा नभएको भन्दै निशालाई स्वीकारेनन् । निशानलाई धिमाल समूदायको महाराज थानमा लगेर कसम खुवाइयो । त्यसमा पनि निशानले स्वीकार गरेनन् । बेलबारी नगरपालिकाको न्यायिक समितिमा छलफल भयो । त्यहाँ पनि निशालाई स्वीकार नगर्ने उनले अडान लिए । स्थानीय महिला अधिकारकर्मीसमेत निशानको गल्ती ढाकछोप गर्न सक्रिय बने ।
दुधे छोरा बोकेर किशोरी आमा न्यायको खोजीमा भौतारिरहेकी छिन् । निशानले विहे गर्ने आश्वासन दिएर आफूलाई ललाई फकाई यौन सम्पर्क गरेको पीडित किशोरीको आरोप छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले किटानी उजुरी परेको खण्डमा बलात्कार आरोपमा पक्राउ गरेर कानून कार्वाही गर्न सक्ने बताएका छन ।