राष्ट्रिय वाणिज्य बैंकको लापरवाहीका कारण खाताको रकम असुरक्षित
राष्ट्रिय वाणिज्य बैंकको लापरवाहीका कारण खाताको रकम असुरक्षित
प्राइभेट बैंकहरुको लापरवाहीका कारण ग्राहक मर्कामा परेको खबर बाहिर आइरहेका बेला बर्दियाको गुलरियामा रहेको राष्ट्रिय वाणिज्य बैंकको लापरबाहीका कारण ग्राहक मर्कामा परेका मात्रै छैनन् आफनो रकम सुरक्षित हुन्छ हुँदैन भन्ने चिन्तित समेत बनेका छन् ।
बर्दियाको गुलरियामा रहेको राष्ट्रिय बाणिज्य बैंक लि. शाखामा आफनो दस्तखत गरेको रकम पनि उल्लेख गरिएको चेक हराएलगत्तै बैंकलाई जानकारी गराइएता पनि बैंकले बेवास्ता गरेका कारण बैंकमा खाता रहेका एक पीडितको १६ हजार रुपैया गायव भएको छ ।
बर्दियाको मधुवन नगरपालिका वार्ड ६ निवासीे पीडितले नाम नछापिदिन आग्रह गर्दै आफना साली नाता पर्ने आफन्तलाई आफनो नाममा रहेको बैंक खाताबाट रकम झिक्न पठाएको १६ हजार रुपैयाको चेक बोकेर गुलरिया आएको आफू काम गर्ने कार्यालयबाट बैंक तर्फ जादै गर्दा बाटोमा चेक हराएको थियो ।
चेक हराएलगत्तै राष्ट्रिय बाणिज्य बैंकका शाखा अधिकृत महेशराज भट्टलाई मोेवाइलमा फोन गरी जानकारी गराइएको पीडितले बताउनु भयो । चेक हराएको जानकारी गराएलगत्तै करिब दस मिनेट भित्रमा आफू बैंक पुगेको भए पनि भट्ट फोनमा व्यस्त भएका कारण चेक भेटाउने व्यक्तिले रकम साटेर लिएर गएको पीडितले बताउनु भयो ।
उता राष्ट्रिय वाणिज्य बैंक लि. गुलरिया शाखाका महेशराज भट्टले चेक हराएको जानकारी तत्कालै नआएका कारण चेक अर्कै व्यक्तिले साटेर लगेको बताउनु भयो आफूलाई खबर आएको भए पनि त्यति बेलासम्म चेक साटिसकिएको बताउनु भयो ।
तर, पीडितका अनुसार आफू कार्यालयमा पुग्दा समेत चेक साटिएको थिएन तर बैंकले तत्कालै काम थालेको भए सो रकम नसाटिने पीडितको भनाई छ । भट्टको लापरवाहिका कारण र बैंक अधिकृत हिम खनालको लापरवाहीका कारण आजभोलि सेवाग्रँही मर्कामा पर्ने गरेका छन् ।
पछिल्लो पटक बैंकमा रकम जम्मा गरेपनि सम्बन्धितको खातामा दुई तीन दिन पछि जम्मा हुने गरेको छ । आफूले समयमै बैंकलाई जानकारी गराएता पनि बैंकले लापरवाही गरेका कारण आफनो रकम गुमेको खत्रीको भनाई रहेको छ ।
यता प्रमखु जिल्ला अधिकारी पे्रमलाल लामिछानेले यस घटनाका विषयमा आफूलाई केहि जानकारी नभएको भन्दै बुुझने बताउनु भयो । साथै उहाँले घटनाको विषय आफूसम्म आइनपुगेको हुँदा बुझेर पीडितलाई उसको रकम पाउने र चोरी कार्यमा संलग्नलाई कानुन अनुसार कार्वाहीका लागि अगाडि बढने बताउनु भयो ।
यो त एउटा उदाहरण मात्र हो बर्दियाको गुुलरियामा रहेको राष्ट्रिय बाणिज्य बैंकको लापरवाही केलाउने हो भने पहाड बन्ने स्थानियवासीको भनाई रहेको छ । कहिले नेट चलेको छैन भन्दै तीन दिन चार दिनसम्म पनि सेवाग्रँहीले आफनो रकम झिक्न पाउँदैनन् भने जम्मा समेत गर्न पाउदैनन् ।
जिल्ला सरकारी कर्मचारी, सुरक्षा निकाय, ठेकेदार, व्यापारीलाई पहिलो प्रँथमिकता दिइने गरेको पाइएको छ । सेवाग्राही लाइनमा बसेका बेला ठेकेदार तथा अन्य व्यक्ति पहुचका भरमा सिधै र सजिलै चेक साटने गरेको पाइएको हो । त्यसो त अधिकृत खनालले बैंकबाट प्रवाह हुने ऋण सर्वसाधारणलाई उपलव्ध गराउदा अनावश्यक दुःख दिने गरेको स्थानियवासीको गुनासो रहेको छ ।
बैंकको यस्तो लापरबाहिका कारण नागरिक यस्ता पीडितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । चेक हराएलगत्तै बैंकलाई जनकारी गराउँदा पनि बैंकले व्यवास्ता गर्ने गरेका कारण यो समस्या उत्पन्न भएको हो ।
बैंकमा उक्त पचरिचित व्यक्तिले चेक साटेर लिएर गएको सीसीटिभिमा प्रष्ट देखिएता पनि बैंकले तत्कालै पहल नथालेका कारण उक्त व्यक्ति भागेको बताइन्छ । पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको सीसीटिभि फुटेज झिकायर अनुसन्धान थालिने प्रहरीले बताएको छ । तर, घटना भएको दुई महिना पुग्न लाग्दा समेत प्रहरीले तदारुकता नदिएको पाइएको छ ।