• काठमाडौं : भ्रष्टाचार निवारण सम्बन्धी सूचकांकमा नेपालको स्थान अझै सन्तोषजनक देखिएको छैन ।

    यद्यपि अघिल्लो वर्ष भन्दा अंक बढाएको छ । अघिल्लो वर्ष १ सय २४औं स्थानमा रहेको नेपाल यस पटक १ सय १३औं स्थानमा उक्लिएको छ । ‘ट्रान्सपरेन्सी इन्टरनेश्नल’ले जम्मा १ सय ८० देशको रिपोर्ट बिहीबार सार्वजनिक गरेको हो ।

    जसमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णाकका आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो ।

    विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

    ४३ भन्दा कम अंक ल्याउने मुलुकलाई असफल नै भएको मानिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलका अध्यक्ष खेमराज रेग्मीका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था नघटेको बताएका छन् ।
    अघिल्लो वर्षभन्दा बढी अंक ल्याएको भए पनि व्यवहारमा भ्रष्टाचार नघटेको उनको टिप्पणी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…