• काठमाडौं । कुनैबेलाका सहयात्री बाबुराम भट्टराईले पुष्पकमल दाहाललाई शिकार गर्न नसक्ने बूढो बाघको उपमा दिएका छन् । आफूलाई निरीह बनेर नबस्न र नेकपामा आउन गरेको अनुरोधको जवाफमा भट्टराईले दाहाललाई मुखभरीको जवाफ दिएका हुन् ।



    हिंसात्मक द्वन्द संचालन गर्दा माओवादीका एक प्रमुख नेता रहेका भट्टराई घुम्दैफिर्दै यतिबेला समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष छन् भने त्यो समयका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबल सहित पूर्व एमालेमा समाहित भएपछि नेकपाका एक अध्यक्ष छन् । बुढो बाघको संज्ञा दिएका छन् । प्रचण्डले बाबुरामलाई निरीह भएर समाजवादी पार्टीमा नबस्न भन्दै व्यंगात्मक शैलीमा छेडखानी गरेको भोलिपल्ट आज बिहीबार भट्टराईले ट्वीट गर्दै यस्तो जवाफ फर्काएका हुन् ।

    उनले ट्विटरमा पंचतन्त्रको कथाको पात्रलाई जोडेर प्रचण्डलाई दिएका छन्– ‘पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिँजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिँजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँग कसलाई दिने वर ?’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…