• उर्लाबारी, ९ माघ । नेपाली तारा सिजन ३ का विजेता तथा गायक प्रताप लामाले उर्लाबारीमा टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याउनुभएको छ ।
    गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याउनुभएको हो ।

    नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर करिब १ करोड ३० लाख रुपैयाँको लागतमा सो बार सञ्चालन गरिएको सञ्चालक चौहानको भनाई छ । सो बारमा सेवाग्राहीहरु सांगितिक माहोल रम्न पाउने उहाँले बताउनुभयो । प्रत्येक महिना चर्चित कलाकार र दैनिक स्थानीय तथा परिचित कलाकारहरुले प्रस्तुति दिने गायक लामाले बताउनुभयो ।

    गायनसँगै ब्यवसायमा पनि हात हालेको र सबैको साथ र सहयोग पाउनेमा आशाबादी रहेको उहाँले बताउनुभयो । बारको आज बिहान उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्नुभयो ।

    उहाँले सांगितिक क्षेत्रमा रम्न चाहनेका लागि टोटला रेष्ट्रो महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, होटल ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाललगायतले बोल्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…