• अर्जुन जम्नेली राई
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट आदिवासी जनजातिहरुको संगठन आदिवासी जनजाति महासंघ, नेपालको आगामी माघ १३ गते राष्ट्रिय सभागृह काठमाडौमा वृहत आमसभासहित एकता घोषणाको तयारी भइरहेको सो संगठनले जनाएको छ ।

    एकता सभामा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा(बादल), पार्टी महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने निश्चित भएको नेपाल आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक शुरेस आलेमगरले बताए ।

    पूर्व एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र माओवादी केन्द्र निकट आदिवासी जनजाति राष्ट्रिय महासंघवीचको एकता पछि बन्ने संगठनको नाम नेपाल आदिवासी जनजाति महासंघ, नेपाल रहने भएको छ । संगठनको संयोजकको जिम्मा शुरेस आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ निश्चित भएका छन् । सो संगठनको लागि पार्टीले इन्चार्जको जिम्मेवारी गोकुल घर्ति मगरलाई तोकेका छन् ।

    हुनु अघि लोकतान्त्रिक आदिवासी महासंघको अध्यक्ष पृथ्वीसुब्बा गुरुङ थिए भने आदिवासी राष्ट्रिय महासंघको प्रमुख शुरेस आले मगर थिए । पूर्व एमाले संगठनमा शेरबहादुर तामाङ, परशुराम मेघी गुरुङ, कृपाशुर शेर्पा, शरण राई लगायत थिए । त्यसैगरी माओवादी केन्द्रको नेतृत्वमा कमानसिंह लामा, दिलिप महर्जन, शान्त चौधरी, दुर्गा राई, आङ्दावा शेर्पा लगायतको नेतृत्व थियो ।

    एकतापछि २६१ जनाको केन्द्रीय समिति र ३५ जनाको सचिवालय गठन हुने संगठनको सचिवालय सदस्य दुर्गा राईले बताए । समितिको सहसंयोजक पूर्व संघीय कानून मन्त्री हुन् । संगठनको केन्द्रीय समितिमा रहने दिलिप महर्जन, शान्त चौधरी र कृपाशुर शेर्पा पूर्व मन्त्री हुन् । संयोजक शुरेस आले मगर नेपाल आदिवासी जनजाति महासंघको संस्थापक केन्द्रीय प्रमुख(महासविच) र लामो समयदेखि आदिवासी जनजाति अधिकारको लागि संघर्ष गर्दै आएका स्थापित नेता हुन् । मगर त्यो बेला क्याम्पसको प्रध्यापन पेशा छाडेर माओवादी जनयुद्धमा लागेर नेपाली जनताको मुक्तिको लागि संघर्ष गर्दै आएका व्यक्ति हुन् ।
    नेकपा सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालसँग ४० वटा समुदायगत संगठनहरु रहेका छन् । ती संगठनहरुको समेत एकता हुने क्रम जारी रहेको छ । आदिवासी महासंघ, नेपालले प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने, देशलाई समानुपातिक, समावेशी राज्य व्यवस्था कायम हुनुपर्ने पार्टी नेतृत्वसँग प्रष्ट रुपमा माग राख्दै आएका छन् ।

    आदिवासी जनजाति समुदायको सांस्कृतिक चाडमा दिइन्दै आएको विदा कटौती र लोक सेवा आयोगले कोटा घटाएकोप्रति आदिवासी जनजाति महासंघ, नेपालले विरोध जनाउदै आएका छन् । यद्यपि आदिवासी महासंघ, नेपालको माग प्रतिकुल निर्णयहुदै गएको अवस्थामा सरकार तथा पार्टी नेतृत्वले एकता सभामा कस्तो धारणा राख्ने हुन चासोको बिषय बनेको छ । कार्यक्रममा विभिन्न समुदायको सांस्कृतिक झाकी प्रदर्शन हुने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…