• काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाका उम्मेदवार तथा सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई तत्काल पक्राउको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । व्यक्ति हत्या आरोपी सापकोटालाई सभामुख बनाउन लागेको भन्दै नेकपाको चर्काे आलोचना भइरहेका बेला उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै शुक्रबार सर्वाेच्चमा रिट दायर भएको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरिएको छ । माओवादी युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध परेका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    व्यक्ति हत्या आरोपीलाई सभामुख बनाउन लागेको भन्दै नेकपा र सरकारको कडा आलोचना भइरहेका बेला उनीविरुद्ध रिट परेको हो । सभामुखमा उनको एकल उम्मेदवार परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । तर, औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको छ ।

    आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्यका हैसियतले बैठक सञ्चालन गर्ने महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । तर, यसअघि शुक्रबार नै उनीविरुद्ध सर्वाेच्चमा पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै रिट परेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…