• काठमाडौं, १० माघ । नेपाली कांग्रेसभित्र देखिको आन्तरिक विवाद एक महिना बढि हुँदा पनि मिल्न सकेको छैन । सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल समूहको माग विपरित बहुमतमा निर्णय गरेपछि पार्टीमा विवाद सुरु भएको थियो ।

    त्यसपछि पौडेल समूह फरक रणनीतिसाथ अगाडि बढिरहेको नेताहरु बताउँछन् । विगतमा त्यति संगठित नदेखिएको पौडेल समूह देउवाले बहुमतमा पेल्न थालेपछि संगठित रुपमा अगाडि बढिरहेको देखिएको छ ।

    कोइराला परिवार महामन्त्री शशांक, केन्द्रीय सदस्यद्वय शेखर र सुजतासँगसँगै गणेशमान पुत्र प्रकाशमान सिंहदेखि कृष्ण सिटौलासम्मलाई समेटेर अगाडि बढ्ने प्रयासमा पौडेल लागिरहेका छन् ।

    विगतमा अन्तर्राष्ट्रिय सम्बन्धलाई खासै चासो नदिने पौडेलले अहिले भने विदेशी शक्तिहरुसँग समेत सम्बन्ध विस्तार गर्ने प्रयास गरेका छन् । पौडेलले भारतका केही शीर्ष नेतालाई भारतमै गएर भेटेका छन् ।

    शेर बहादुर देउवा भारत भन्दा अमेरिकी लबी निकट मानिन्छन् । उनलाई भारतीय नेताहरुले त्यति मन पराउँदैनन् । त्यसैको मौका पौडेलले खोजिरहेको नेताहरु बताउँछन् ।

    भारतले कोइराला खानदानप्रति विगतदेखि नै विशेष सम्मान देखाउँदै आए पनि गिरजाप्रसाद कोइरालाको निधनपछि भरपर्दो कुनै कोइराला नभएको बताउँदै आएको छ ।

    यद्यपी विपी कोइराला पुत्र र जिपी कोइरालाकी पुत्रीलाई उनीहरुले सम्मानसाथ नै हेर्ने गर्छन् ।

    उनीहरुले खुलेर नेतृत्व दावी नगरिरहेको अवस्थामा रामचन्द्र पौडेल उक्त खेमाबाट अगाडि बढेमा उनी उपयुक्त पात्र हुन्छन् कि हुन्नन भन्नेमा विदेशीहरु त्यसमा पनि विशेष गरी भारतीय नेतृत्व स्पष्ट छैन ।

    पौडेल समूहको असहमतिका बाबजुद केन्द्रिय समितिको कार्यकाल थप गरेका देउवाले त्यस बारेमा पौडेल पक्षसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

    त्यसो त देउवाले विमलेन्द्र निधिको कुरा बढी सुनेर कहिले काँही आफैंलाई हानी हुने निर्णयहरु गर्ने गरेको स्वयम देउवा पक्षको गुनासो रहने गरेको छ ।

    देउवा पक्षमा देउवा पछि आफू नेतृत्वमा स्थापित हुन निधिले विभिन्न तरिकाले देउवालाई प्रभावमा पारी निर्णय गराउने गरेको समेत देउवा पक्षकै दाबी छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…