• पुष्कर खड्का

    रामेछाप - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोसी तेस्रो जलविद्युत आयोजनाको निर्माणकार्य चाँडै सुरु हुने भएको छ ।

    आयोजनाको निर्माणस्थलको स्थलगत निरिक्षण पछि उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले आयोजनाको निर्माणकार्य छिट्टै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । आयोजनाको ड्याम निर्माणस्थल रामेछापको खाँडादेवी गाउँपालिक–१ लुभुमा स्थलगत निरिक्षणको लागि मंगलबार पुगेका मन्त्री पुनले आयोजनाको निर्माणकार्य चाँडै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको खाँडादेवी गाउँपालिका–१ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठले जनाकारी दिए । रामेछापको लुभुघाटनमा सुनकोसी नदीमा ड्याम बाँधेर जलविद्युत निकाल्ने योजना रहेको सो आयोजनाबाट ६ सय ६० मेगावाट विद्युत उत्पादन हुने सर्वेक्षणले देखाएको छ ।

    सो आयोजनाको सर्वेक्षणको सम्पुर्णकाम पुरा भएको छ । आयोजना निर्माणको लागि नदीमा १ सय ४० मिटर अग्लो ड्याम निर्माण गरि सुनकोसी नदीको पानी जमाइने छ । जसबाट रामेछाप र काभ्रेका १ हजार ६ सय ४९ घरधुरी डुवानमा पर्ने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    सो आयोजना निर्माणको लागि प्रति मेगावाट २८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुनकोसी नदीमा यो बाहेक मरिण बहुउद्देश्यि डाइभर्सन, सुनकोसी हाइड्याम लगयता ठूला ठूला आयोजना निर्माणको सम्भाव्यता अध्यन भई रहेको छ । अध्ययन गरिएका मध्ये सबैभन्दा कम क्षतिमा निर्माण हुने आयोजनामा यो आयोजना परेको छ ।

    सुनकोसी हाइड्याम निर्माण हुँदा सिन्धुलीको ग्वालटार, खुर्काेट, मुलकोटहुँदै रामेछापको सदरमुकाम मन्थली बजारसम्म डुवानमा पर्ने अध्ययनले देखाएको छ । तर यो आयोजनाबाट भने केही ग्रामिण वस्तिहरु मात्र डुवानमा पर्ने छन् । यो आयोजना निर्माण भयो भने रामेछाप र काभ्रेका साथै देशले ठूलो लाभ लिने अपेक्षा गरिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको गाउँको आयोजना भएको कारण पनि यो आयोजनाको निर्माणकार्य घिसिङको प्रतिष्ठासँग समेत जोडिएको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…