रातोकलम अनलाइन।
जनुवरी-२४,क्वालालम्पुर।
नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा हुन लागेको २८५६ औ जिवा ल्हो सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा नेपालबाट अतिथी कलाकारहरुको साथमा कार्यक्रमका विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ आज मलेसियामा प्रस्थान गर्नु भएको छ । कार्यक्रम यहि जानवरी २५ अर्थात माघ ११ गते मलेसियाको राजाधानी क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा हुने भएको छ । ल्होछार कार्यक्रममा तामाङ सेलो सङ्गीत जगतका चर्चित गायक फुल कुमार बोम्जन, अहिलेका बहुचर्चित मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र अर्का सेलो गायिका बिमला थिङ साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।