उर्लाबारी, १० माघ
विराटनगरका प्रवल घिमिरेको शं,कास्पद श,व फेलापरेपछि उर्लाबारीका नामुद ब्यापारी अनिल महेश्वरी चाण्डकतर्फ पनि अनुसन्धानको तीर सोझिएको छ । पूर्व मिस नेपाल निकिता चाण्डकका वुवा अनिल महेश्वरी सहित चार जना घिमिरेको रहस्यमय मृ,त्यु प्रकरणमा जोडिएको पहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर २ निवासी घिमिरे गत मंगलबार बिहान सिंघीया खोलामा मृ,त अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
आठ वर्षयता लेखा परीक्षकको काम गदै आएका घिमिरे सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेका थिए । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको थियो । तर, मंगलबार बिहान उनको श.व खोलामा भेटिएको थियो । सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका चार जना व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रवलसँग भेट भएका चारैजनालाई तारेखमा राखेर बयान लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको भनाई छ ।
घिमिरेको मोबाइल पनि हराएका कारण घ,टना शं,कास्पद रहेको उनले बताएका छन् ।
प्रहरी नायब उपरीक्षक थापाले सोमबार राति प्रवलसँग बसेका विराटनगर शनिहाटका नन्दकिशोर राठी, सुनचाँदी व्यवसायी अरुण राठी, अशोक अटल र उर्लाबारीका व्यवसायी अनिल चाण्डकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको बताएका छन् । प्रहरीले अनुसन्धानका लागि पाँच जनाको मोबाइल कल डिटेल मगाएको छ ।
सडकमा रहेका सीसी क्यामेरा फुटेज पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । विराटनगरका ठूला ५० हाराहारी कम्पनीको अडिट गर्दै आएका घिमिरे सोमबार साँझ अडिटकै शिलशिलामा नन्दकिसोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमै राखेर आमाज बेकरी पुगेका थिए ।
त्यहाँबाट नन्दकिशोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरू भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । होटलमा अरुण राठी, अशोक अटलसँग भेटभएपछि एउटै टेबुलमा केही समय बसेर खानपान गरेका थिए ।
त्यसपछि उनीहरू लोटस बार पुगेका थिए । लोटसबाट अनिलको गाडीमा लिफ्ट मागेर आएका प्रवलको मोबाइल एक्कासी अफ भएको थियो । मोबाइल अफ भएपछि उनका आफन्तले रातभर खोजी गरेका थिए । अस्पताल, होटल र सडकमा खोजी गर्दा नभेटिएपछि चिन्तित भएको घिमिरे परिवारले घर आउने बाटो हेरिरहेका थिए । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो । अहिले मृतकको भिसेरा जाँचका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।