तामाङ समुदायले सोनाम ल्होछार पर्व २८५६ मनाउँदै छ । यस पर्वलाई तामाङहरूले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । शनिबारबाट सुँगुर वर्ष (फाक लो) सकिएर मुसा वर्ष (जिवा लो) सुरु भएको छ ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।