• काठमाडौं : आज अर्थात् माघ १० मा एउटा मात्रै नेपाली चलचित्र ‘कमान्डर’ प्रदर्शनमा आएको छ। समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका विकृतिविरुद्धको अवाजका रूपमा अथ्र्याइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर विवेकले गरेका हुन्।

    हरेक शुक्रबार दुई या दुईभन्दा बढी नेपाली चलचित्र भिड्दै आइरहेकोमा पुस महिनाबाट भने चलचित्र प्रदर्शनको क्रम घटेको छ। सोही सन्दर्भमा ‘कमान्डर’ ले एकल प्रदर्शनको अवसर पाएको छ। फिल्ममा अनुपविक्रम शाही, रविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिकाद्वय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन्।

    इमानदार प्रहरी अधिकृतले समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण तथा निर्मूलका लागि के कस्तो परिस्थितिसँग जुध्ने गर्छ भन्ने विषयमा निर्माण गरिएको फिल्मले भरपूर मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत प्रवाह गरेको निर्देशक सापकोटा बताउँछन्।

    कमान्डर को ?
    सुपेरियर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको सहनिर्मातामा सावनजंग राना छन्। दिव्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ। फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो।
    (अन्नपूर्ण पोष्टबाट)

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…