• काठमाडौं । मिटरब्याजीका डन भनेर चिनिने काभ्रे उग्रचण्डी–२ का विरेन्द्रलाल श्रेष्ठको सुरक्षा निकायमा सक्रियता देखिएको छ ।

    प्रहरीका उच्च अधिकारीकै आडमा सोझा सिधा व्यक्तिहरुलाई झुक्याएर मिटर ब्याजमा लगानी गरी उनीहरुलाई घरबारबिहीन बनाई रातारात करोड पति बन्ने मिटर ब्याजीका डन विरेन्द्रलाल श्रेष्ठको पछिल्लो समय नेपाल प्रहरी भित्र निकै सक्रियता बढिरहेको छ ।

    त्यसो त उनले प्रहरी भित्र सरुवा बढुवामा आफ्नो हात हुने भन्दै फुर्तीफार्ती बढाएको स्रोतले जनाएको छ ।

    नेपाल प्रहरीमा मिटरब्याजीका नाईके विरेन्द्रलाल श्रेष्ठले डिआईजी सम्मको बढुवामा आफ्नो पनि हात हुने भन्दै विदेशबाट समेत सक्रियता बढाएको खबर छ ।

    उनको सक्रियतामै केहि सञ्चार माध्यममा केहि प्रहरी अधिकारीहरुको नालीबेली उर्ताने काम भइरहेको खबरले प्रहरी हेडक्वाटर नक्सालमा खैलाबैला मच्चिएको हो ।

    उनी त्यस्ता विवादस्पद ब्यक्ती हुन् लाइसेन्स प्राप्त हतियारका कारण विभिन्न अपराधका घटनामा संलग्न थिए । कुनै समय उनी सहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले ४ जनाको हतियार राख्ने इजाजतपत्र खारेज भएको थियो ।

    जिल्ला प्रशासन काठमाडौंबाट हतियार राख्ने इजाजत लिएका काभ्रे उग्रचण्डी २ का विरेन्द्रलाल श्रेष्ठ, काभ्रे बल्टीङ ४ का बलराम सापकोटा –बले, सोलुखुम्बुका आङकाजी शेर्पा र मोरङ डाँगीहाटका रगुनाथ पुरीको हतियार राख्ने इजाजतपत्र खारेज गरेको थियो ।

    लाइसेन्स लिएर हतियार राख्ने, त्यही हतियार शो गरेर विभिन्न अपराध गर्ने गरेको देखिएपछि श्रेष्ठ सहितको हतियार इजाजतपत्र खारेज भएको हो । श्रेष्ठ ठेकदार पनि हुन् । क्यासिनोमा लगानी समेत गरेका उनले ‘पोइन्ट टु’ बन्दुक राख्न स्थानीय प्रशासनबाट लाइसेन्स लिएका थिए ।

    प्रहरीका उच्च अधिकारीसँग राम्रो सम्वन्ध बनाएका उनी मिटरब्याजी समेत भएको र लाइसेन्स प्राप्त हतियारको आडमा गुण्डाराज चलाएको गुनासो प्रहरीसामू आएको थियो ।

    उनीविरुद्ध दर्जनौं उजुरी प्रहरी कार्यालयहरुमा थन्किएका छन् । उनले काभ्रे र काठमाडौंको विभिन्न क्षेत्रमा जग्गा प्लटिङ कब्जा गरेको गुनासो पनि प्रहरीसम्म पुग्ने गरेको छ ।

    गुन्डा लगाएर प्लटिङ क्षेत्रमा आफ्नो राज चलाउँदै आएको स्रोतको दाबी छ । साधारण परिवारमा जन्मिएर टेम्पो ड्राइभरबाट आफ्नो क्यारियर सुरु गरेका काभ्रे कानपुरका वीरेन्द्रलाल श्रेष्ठले प्रहरीको आडबलमा थुप्रै व्यक्तिलाई घरबारबिहीन तुल्याई यतिबेला धनीमानीको सूचीमा उभ्याउन सफल भएका छन् ।

    पैसाका लागि श्रेष्ठले आफ्नो नातागोतालाई समेत जेलसम्म कोची पैसा असुल गर्न माहिर व्यक्तिका रुपमा परिचित बनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…