•  

    काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

    बिरामीको सम्पर्कमा आएको हुनसक्नेहरुको खोजी गरी पहिचान र परीक्षको काम गरिरहेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले शंकास्पद विरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ ।

    मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको छ । विमानस्थलबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको छ ।

    त्यस्तै चीनबाट नेपाल आउने विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले बताए । एनले शनिबारदेखि विमानस्थलमा संक्रमित व्यक्ति भेटिए एम्बुलेन्समार्फत सिधै अस्पताल लैजाने व्यवस्था गरिने बताएका छन् । त्रिभुवन विमानस्थलमा पाँचवटा मेसिनद्वारा कोरोना भाइरसको परीक्षण गरिनेसमेत उनले बताए ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिन सचेत हुने बाहेक अरु उपाय नभएको बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…