•  

    काठमाडौं । केहीगरी अग्नी सापकोटा प्रतिनिधि सभाको सभामुख बन्न अयोग्य ठहरिए कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा सत्तारुढ नेकपाभित्र बहस छेडिएको बुझिएको छ ।

    नेकपाको पूर्व एमाले खेमाभित्र यो बिषयमा चर्चा सुरु भएको थाहा भएको छ । प्रधानमन्त्रीका विश्वासपात्र संविधान र कानूनका विज्ञहरुले यस बिषयमा परामर्श थालेको एक उच्च सूत्रले बताएको छ ।

    द्वन्द्वकालिन घटनाका कारण सापकोटालाई सभामुख बनाउन नहुने भन्दै अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्बोच्च अदालतमा रिट दायर गरेपछि यो बिषय बहसमा आएको हो । यदि सर्बोच्चबाट सापकोटा विरुध्द निर्णय आएमा विकल्प खोज्नुपर्नेछ । त्यतिबेला नेकपाभित्र फेरि भावी सभामुखको उम्मेदवार खोज्न शक्ति संघर्ष चल्ने छ । यसअघि नै कृष्णबहादुर महराको राजिनामापछि सभामुखको उम्मेदवार चयन गर्न सत्तारुढ दलभित्र निकै ठूलो उतारचढाव आएको थियो ।

    द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप सापकोटामाथि छ । हत्याको आरोप लागेका व्यक्ति सभामुख बन्न लागेको भन्दै रिट दायर गरिएको बताइएको छ ।

    रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न माग गरिएको छ । सो मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न पनि माग गरिएको छ । यसबारे आउँदो आईतबार सर्बोच्चले दिने सम्भावित निर्णयपछि मात्र सभामुखबारे स्पष्ट हुने छ निश्चित छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…