• अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताएका छन् ।

    नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री खतिवडाले मुलुकमा व्यापार घाटा न्यूनीकरणका लागि सेवा तथा वस्तु निर्यात गर्ने संस्थालाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था र सुविधा दिने बताए ।

    भन्सार करका विषयलाई सरलीकरण गर्न छिट्टै बोर्ड गठन गरिने बताउँदै उनले मन्त्रिपरिषद्बाट बोर्ड गठनको विषय पारित भएको बताए ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोदीलाल दुगडले व्यवसायीको सहजताका लागि उद्योग दर्ता गर्ने सन्दर्भमा अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिए । उनले उद्योगसँग सम्बन्धित सबै काम अनलाइनबाटै सेवा प्रवाह गरिने बताए ।

    आयोजक संस्थाका अध्यक्ष हिमबहादुर रावलले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेकाले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसले उत्पादन वृद्धि भई आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि र रोजगारीका अवसरमा सिर्जना हुने विश्वास व्यक्त गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…