• नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताएका छन्।

    पार्टी कार्यालय धुम्बाराहीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्तिभन्दा भिन्न प्रकृतिको भएको बताए।

    नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रूपमा स्थापित गर्दै पुँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि विजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रूपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रूपमा लिनुपर्ने उनले उल्लेख गरे।

    उनले भने, ‘हामीले नेपालमा जे अनुभव गर्यौ। जे हासिल गर्यौ र हामी अब जसरी समाजवादको निर्माणको दिशामा अगाडि बढ्दैछौं। त्यो दुनियाँको कुनै किताबमा भेटिने खालको छैन।

    हामीले आफैंले आफ्नो जीवनमा संघर्ष गरेर बलिदान गरेर, मेहेनत गरेर, त्याग गरेर हासिल गरेका छौं र विश्वभरिका अनुभवहरूको अध्ययन गरेर, हामीले नेपालमा जे प्रयोग गरेका छौं यही विषयलाई सबै कमरेडले गम्भीरतापूर्वक विचार गर्नुहोला।’

    पुँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पुँजीवादी दुवै क्रान्ति जस्तो नभई नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उनले गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…