• प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा छलफल भयो।

    मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा उनीहरूबीच दुई घण्टा छलफल भएको हो।

    मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

    मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको नेम्बाङले जानकारी दिए।

    ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ। त्यही साझा सहमति खोज्न छलफल भएको हो,’ उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

    प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष कांग्रेससँग छलफल गरेर मात्र गरेका थिए।

    छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्रीले बैठक राखे पनि कुनै ठोस सहमतिमा नपुगेको उल्लेख गरेका छन्। ‘कुनै पनि एजेन्डामा खासै सहमति भएन,’ लेखकले भने।

    देउवासँग छलफल सकेपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग १५ मिनेट बेग्लै कुराकानी गरेका थिए।

    आइतबार प्रतिनिधिसभा बैठक बोलाइएको छ। बैठक बस्नुअघि सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच छलफल भएको हो। सभामुखमा नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। तर सापकोटालाई सभामुखमा रोक्न सर्वोच्चमा रिट परेको छ।

    सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सर्वोच्चमै मुद्दा छ। हत्याका आरोपीलाई सभामुख बनाउन लागेकोमा विरोध भइरहेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…