•  

    बिराटनगर, १० माघ । नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो ।

    पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन् । आफ्नै क्षेत्रमा स्तरीय सेवा पाउँदा धेरै सहज भएको भन्दै बिरामीहरुले खुशी व्यक्त गरेका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएका मोरङको पथरीशनिश्चरेका सूर्यबहादुर राईले आफ्नै जिल्लामा मुटुको जटिल शल्यक्रिया गराउँन पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिए । ‘अन्त जानु परेको भए गाह्रो हुने थियो, चिनेजानेकै आफ्नै ठाउँमा भएकाले धेरै सजिलो भयो ।’ उनले भने ।



    अन्यत्र टाढा जाँदा धेरै झन्झट व्यहोर्नुपर्ने भएपनि आफ्नै ठाउँमा सहज रुपमा स्तरीय सेवा पाउँदा धेरै राहत महसुस भएको भन्दै झापाको भद्रपुरकी भीमादेवी खनाल र बिर्तामोडकी दिलमायाँ प्रसाईले खुशी व्यक्त गरे । नोबेलमा राम्रो उपचार हुँने सुनेर भारतको अररियाबाट आएर ओपन हार्ट सर्जरी गराएका सुरेश प्रसाद सिंहले सोचेको भन्दा राम्रो उपचार पाएको बताए ।

    नोबेलले सेवा सुरु गरेपछि स्तरीय ओपन हार्ट सर्जरीका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको नोबेल शिक्षण अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपाल बताउँछन् । गत असार महिनाबाट नोबेलले ओपन हार्ट सर्जरी सेवा सुरु गरेको हो । त्यसयता २० जना बिरामीको छाती चिरेर मुटुको सफल शल्यक्रिया गरिएको छ । नोबेलले ओपन हार्ट सर्जरी थालेपछि पूर्वी नेपालका बिरामी बढी लाभान्वित भएका छन् ।

    शरिरको महत्वपूर्ण अंग भएकाले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिने भएपनि गंभिर समस्या भएकाहरुलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

     

    https://www.youtube.com/watch?v=U8ob9ZXLRno&feature=emb_title

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…