• झापा विर्तामोडकी लिला अनमोल नेपाली साहित्य आकाशमा चिरपरिचित नाम हो । ‘अनमोल’ साहित्य लेखनमा मात्र हैन, सञ्चार क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् । उनको जिवनका आरोह अवरोह जान्ने प्रयास गरेका छन् ।

     कहाँ जन्मिनु भयो ?
     बिर्तामोड वडा –३ विराटपोखरमा

     कस्तो परिवारमा ?
     सामान्य

     बाल्यकाल कसरी बित्यो ?
     सामान्य

    साहित्यमा कसरी आउनु भयो ?
     ठयाक्कै यसरी भन्ने त छैन । तर बच्चा देखि नै कथा ,कविता ,गीत संगीत मन पथ्र्यो ।
    स्कुलका प्रतियोगिताहरुबाटै मेरो लेखनयात्रा प्रारम्भ भो ।

    अरु केही बन्ने सपना थियो कि ?
     बुबाको चै मलाई कलाकार बनाउने इच्छा थियो तर मलाई बाल्यकाल देखीे नै रेडियो संग प्रेम थियो । केटाकेटी बेलादेखी नै रेडियो नेपालमा कोमल ओलीको समाचार सुनेर कपी गर्थे ।

    सजिलै स्थापित हुनु भयो या संघर्षबाट ?
     बिना सघर्ष कुनैपनि सफलता हासिल हुन्न । मैले निकै संघर्ष गर्न परर्यो।

     आफनै नजरमा लीला अनमोल के हो ?
     एक मेहेनती स्वाीभमानी महिला ।

     मान्छेहरुको सबल पक्ष के के मान्नुहुन्छ ?
     उसको आचरण ,आत्मविश्वास,अनुशासन,सकरात्मक सोच, इमानदारिता ,कामप्रति बफादार र कर्तव्यनिष्ठा मानिसका सवल पक्ष हुन् ।

    अनि कमजोर पक्ष चै?
     हिनता, आत्मविश्वासी ,गैरजिम्मेवारीपन खराब आचरण, नकरात्मक सोच र काम प्रती अनुत्तरदायि ।



     कसैलाइ हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
     उसको बोलीचाली हाउभाउ र ब्यबहारमा निर्भर हुन्छ । त्यसो त उसका हिजो गरिएका काम कर्तब्यले पनि उसको पहिचान गर्न सकिन्छ ।

    तपाईको आफनो स्वाभाव निर्माणमा कुन कुन पक्ष हावी छन् ?
     मेहेनती छु,सकरात्मक सोच छ,सकरात्मक सोच छ ,छिटो विश्वास गर्छु ।अन्याय सहन्न ।यिनै पक्ष अनुरुप मेरो स्वभाव फल्किदो हो ।

    तपाईलाई  कतिखेर रिस उठ्छ ?
     यति नै खेर यहि समय भन्ने हुदैन । समयकाल , पस्थिती र बिषय अनुरुप आफ्ना रिस आवेग , मायाँ , प्रेम , करुणा प्रस्तुत हुन्छन् ।

    अनि कतिबेला भावुक बन्नु हुन्छ ?
     म अरुको दुःख देख्न सक्दिन ।बृद्ध – बृद्धा रोएका हेर्न सक्दिन। आसु छिटो आउँछ ।

     तपाई कतिको संयमीत हुनुहुन्छ ?
     संयमीत भएर नै आज यहाँ छु ।

     

    अनि कतिबेला खुशी हुनुहुन्छ ?
     अरुलाई सहयोग गर्न पाउँदा ,आफूले सोचेका कुरा पुरा हुदा ,अर्थात खुशी हुने कुनै पनि काम गर्दा।

     तपाईको दुःखहरु के – के हुन् ?
     जति छन् क्षणिक छन् । संघर्ष चै धेरै छ । दुःख र संघर्षमा फरक छ ।



     तपाईको सुख चाहि ?
     सुख र दुःख धेरै छ । मैले गरेका धेरै जसो निर्णयहरुले म खुशी छु ।

    तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
     मैले अत्यन्तै मेहनत र परिश्रम गरेर स्थापना गरेको एफ .एम आरम्भ एफ .एम साथीलाई सुम्पेको दिन म धेरै दुःखी भएकी थिए। जुन एफ .एमलाई स्थापना गर्न मैले दुई महिनाको गर्व एर्बोसन गराएकी थिए ।मेरो जीन्दगीको अत्यन्तै दुखत क्षण हो त्यो । मैले छोडे पछि साथीहरुले त्यो एफ .एम चलाउन सकनु भएन । अहिले बन्द छ ।

    अनि खुसीको क्षण चहि नी ?
     धेरै छन् । ति मध्ये भन्नै पर्दा पहिलो पुस्तक प्रकाशित हुदा ,दोस्रो आमा बन्दा र तेस्रो म समाचार गृहको प्रमुख हुदा ।

    तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
     जतिबेला म कन्चन जंघा एफ .एममा काम गर्थे , एफ .एममा मेरो दर्जा अरुको जस्तो थिएन ।मैले त्यहाँ रहदा निक्कै संघर्ष गरे। त्यही रहदा रहदै मेरो बिवाह भयो । बिवाह पश्चात पनि म कन्चन जंघा एफ .एममै काम गर्थे त्यही समय कुनै एउटा यस्तो दिन थियो जुन दिन मैले पहिलो पटक आत्माहत्याको समेत सोच बनाँए।

    त्यसलाई के को बलमा पार गर्नुभयो ?
     मेरा साहित्यका पिता जी कृष्ण धराबासीको साथमा थिए म। हर दिन वहाँका उत्साही कुराहरु सुन्थे । जीवनलाइै नज्ीकबाट नियाल्ने बाटोहरु देखाई दिनु हुन्थ्यो।संयमताको पाठ वहाबाटै सिके । मेरा जन्म दिने माता पिताको साथ , सहयोग , प्रेम र उत्साह पाईरहे। साथीहरुले पनि मलाइै सहयोग गर्नु भयो ।आफू दर्बिलो बन्नुपर्ने रहेछ ।मेरो श्रीमानको र घर परिवारको साथले पनि म बाच्ने आधार भयो ।

    अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
     सबै जसो सही नै छन् ।

    अनि गलत चहि नी ?
     बिर्तामोड नगरपालिकाको उपमेयरको उमेदवार हुनु ।

    अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
     एर्बोसन गराएको र एम आरम्भ एफ .एम साथीलाई सुम्पेको दिन ।

    अन्तिम पटक कहिले रुनुु भयो किन ?
     चार दिन अघि रोएकी थिए अग्रज दाई,समाजसेवी धुलाबारी निवासी केशव कुमार बुढाथोकीका भाई अरुण बुढाथोकी बित्नु भएर ।

    तपाईलाई कस्तो मान्छे मन पर्छ ?
     कपट नभएको मान्छे ,सहयोगी र फ्रिफ्रयान्क

    अनि कस्तो मन पर्दैन ?
     जाली ,पैसाको लागि जे पनि गर्न तयार हुने,कमजोर वा दरिद्र मानसिकतका भएको ।



     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
     चाकडी,चाप्लुसी गर्ने,अर्काको अहित सोचेर नकरात्मकता फैलाउने ,जाली झेली भ्रष्टाचारी मन पर्दैन ।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
     किताब पढ्र्छु,साहित्य लेख्छु,फेसबुक चलाउछु, साहित्य लेख्छु , फेसबुक चलाउछु , अन्तरर्वाताहरु र्हेछु , चलचित्र पनि र्हेछु , गीत संतीत सुन्छु , बाबुहरुसंग खेल्छु , अलिक लामो र्फुसद छ भने बाहिर घुम्न जान्छु साथीभाईहरुसगं रमाईलो गर्छु ।

    साहित्य बाहेक पाईको रुची ?
     मलाई गीत गाउन र अभिनय गर्न खुब सोख छ । यसो देश विदेश घुम्न पनि मन लाग्छ । रुची त धेरै छ ।

    तपाईलाई असाध्यै मन पर्ने पुस्तक ?
     बि पी को सुम्निमा , परिजातको हिरिसको फुल , धराबासीको सरनार्थी , मन परेका धेरै छन्। नेपाली लेखकका छन्। बिदेशी लेखकका छन्। कुन चै भनुम खै ? लेखिएका सबै कुरा राम्रै लाग्छन्।

    अहिले कस्तो पुस्तक पढिरहनु भएको छ ?
     भखरै लेखक कुमार भट्टराईको अश्वश्थ्याएर पढि सके अहिले


     मन पर्ने ठाउ ?
     धरै छन ठाउ आफैमा नराम्रो हुदैन त्यसमा पनि नेपाल त त्यसै सुन्दर छ अब बिदेशको कुरा गर्ने हो भने उनिहरु अब बिकसित प्राय छन । र्कतिमताले भएपनि सजाएका छन ।

    तपाइ लाइ मन पर्ने नेपालका नेता ?
     मलाइ लाग्छ नेता भनेको राजनिति गर्ने मात्र होइन । नेता हरेक क्षेत्रका हुन्छन अब राजनिती गर्ने भन्नु भा हो भने बि. पी पुष्पलालको चिन्तन र दर्सन बाट म प्रेरित छु ।

    अनि बिदेशका मन पर्ने नेता चाहि ?
     त्यो पनि राजनिती गर्ने भन्न’ भा हो भने मलाइ महात्मा गान्धी माओरसे तुङ्ग,अब्बल कलाम, नेल्सन मण्डेला आदी ।

     नयाँ पुस्ताका मन पर्ने नेता ?

     पाटि भन्दा माथि उठेर देशका केहि गर्छ‘ भन्नेहरु मन पर्छ कुलमान घिसिङ्ग, अनि प्रदिप ज्ञवालि मन पर्छ ।भाषण कला लाइ हेर्ने हो भने गगन थापा, बिश्वप्रकाश शर्मा राजेन्द्र लिङ्देन यि युवाहरुमा  भिजन छ । तर पार्टि भन्दा माथि उठ्न प्र्याे महिलाहरुको नाम सम्झिदा पम्फा भुसाल बौद्धीकतामा अब्बल छिन । अहिले आएर शिवमाया तुम्बहाम्फे पनि मन प्र्यो । तर राजनिती गर्ने मानिसहरु आफ्नै आस्थाका आधारमा काम गर्छन ।
     तपाई को आदर्श के हो ? किन ?
     मेरो आदर्श समाज हो । जस्ले मलाई म बन्न सिकायो ।

    नेपालका मन पर्ने साहित्यकार ?
     समय अनुसार फरक फरक हुन्छ । जरुतो कि एक समय भानुभत्तः देवकोटा , गोपाल रिमाल , मूमी सरेचन , पारिजात , लेखनाथ पौडेल आदिहरुहुन्यो । नेपाली साहित्यको इतिहास हेर्दा बाहाहरुको योगदान भूलिन्न । तर अहिले हिजो समय छैन आज लेखिने साहित्य र हिजो लेखिने साहित्यमा मा धेरै फरक छ । आजको साहित्य विश्व सगं तूलना गर्ने सकिने गरि श्रृजना भएका छन् । प्रकृती र प्रेम भनदा माथि उठेर बिचार लेख्नेहरु धेरै हुनुहुन्छ । तसर्थ मलाई कृण्ण धराबासी कुन्ता शर्मा , कुमार नग।कहोटी , सुबिन भट्टराई , मनोज न्यौपाने , मोमिला , इन्दिरा प्रसाई , आदि मन पर्छ । नाम धेरै छन् ।


    आफैप्रती तपाईलाई केहि गुनासो छ कि ?
     छ । अलिक छिटो बिहे गरे ।

    अनि यो समाजप्रती चै ?
     छ । सकरात्मक कम नकरात्मक ज्यादा छ ।

    जीवन के रहेछ ?
    जीवन परिभाषा यहाँ भनेर कहाँ साध्य हुनु । जीवन–यो धतीृको सुन्दर चिज हो ।जसलाई भोग्न जाने आन्नद र खुशी छ नजाने दुःख र व्यथा।

    बाँकी योजना र सपना कस्ता छन् ?
     यो समाजमा रहेका हरेक महिलाहरुका पहिचान स्थापित गर्नका लागि म सधै लागिरहन पाँउ । संचार क्षेत्रमै रहेर बाच्न र मर्न पाँउ ।

    साहित्य जगतमा लागेर के पाउनुभयो ?
     ज्ञान,कला र आफूलाई कसरी समाजमा उभ्याउन सकिन्छ भन्ने दर्शन र चिन्तन प्राप्त गरे ।

    अनि के गुमाउनु भयो
     साहित्यले बौदिक बनाउँ।अनि मान्छेमा बौदिकता हावि भएपछि उसका रहर,इच्छा र चाहनाहरु अलिक गौड बन्दै जाने रहेछन् त्यहि गुमाए कि ?

     साहित्यमा बाच्न बनेको हो त ?

     आफै मेहेनत गर्न जरुरी छ । बाताबरण बन्दै गएको छ पहिला साहित्य भनेको ब्यबसाय हो की आत्मसन्तुष्टी भन्ने भ्रम बाट हुन जरुरी छ ।

     नयाँ लाइ के सुझाब दिनुहुन्छ ?
     जुनसुकै काम गर्दा पनि मेहेनत, परिश्रम, लगनसिलता, अध्यन संयमता, कला जस्ता चिजहरुको जरुरी रहन्छ । तपाइ जे गर्नुहोस पड्ने बानिको बिकास गर्नुहोस समाचार हेर्नुहोस पढ्नुहोस र सुन्नुहोस समाजका हरेक क्षेत्रसग जानकार रहनुहोस सक्रिय रहनुहोस समयको महत्व बुज्नुहोस अवसरहरु धेरै हुन्छन् तिनको पहिचान गरि अघि बड्नुहोस ठूलाको इज्जत गर्नुहोस नैतिकता नभूल्नुहोस र स्वभिमान बाचयराख्नुस जीवन फूल जस्तै सुन्दर हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…